१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक

राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद क्षेत्रमा स्पष्ट अधिकार प्रत्यायोजनका साथै यसको व्यावसायिकरण गर्न खेलकुद नीति, २०८२ ल्याएको बताउनुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रूपमा नै नेपाली खेलकुदको विकास अगाडि बढाउने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद नीति, २०८२ ल्याइएको बताउनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयले १५ वर्षपछि नयाँ राष्ट्रिय खेलकुद नीति ल्याएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सोमवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गर्नुभयो । खेलकुदमन्त्री चौधरीले पूर्वाधारको समान पहुँच, समावेशिता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार आवश्यकताअनुरूप नयाँ खेल नीति ल्याइएको बताउनु भयो ।

पछिल्लो राष्ट्रिय खेलकुद नीति, २०६७ एकात्मक प्रणालीमा आधार रहेकाले नयाँ खेलकुद नीति ल्याइएको मन्त्री चौधरीको भनाइ छ । संघीयताको रचनाअनुरूप पछिल्लो नीति नरहेको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारलाई खेलकुदप्रति यस नीतिले स्पष्ट जिम्मेवारी पनि प्रदान गरेको पनि दाबी गर्नुभयो । खेलाडीलाई रोजगार र सामाजिक सुरक्षासँग जोड्न यो खेलकुद नीति महत्वपूर्ण रहने मन्त्री चौधरीले बताउनु भयो । मन्त्री चौधरीले राष्ट्रिय खेलकुद नीति, २०८२ मा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति र तीन आधारमा तयार पारिएको ९२ वटा कार्यनीति रहेको धारणा व्यक्त गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार पनि यो नीतिमा समावेश गरिएको मन्त्री चौधरीको भनाइ छ ।

उहाँले तीन तहमा खेलाडी कल्याणकारी कोष खडा गर्ने जस्ता विषय पनि राष्ट्रिय खेलकुद नीति, २०८२ मा समावेश गरिएको बताउनु भयो । निजी क्षेत्रलाई खेलकुदमा समाजिक उत्तरदायित्वअन्तर्गत जोड्नलगायत परिकल्पना पनि यस राष्ट्रिय खेलकुद नीति, २०८२ ले समावेश गरेको मन्त्री चौधरीको भनाइ छ ।

कुल ९२ वटा बुँदा सम्मिलित खेल नीति ल्याइएको छ । गत असार ९ गते बसेको मन्त्री परिसदबाट उक्त नीति पास भएको थियो । यसअघि राष्ट्रिय खेलकुद नीति २०६७  थियो । खेल क्षेत्रमा संघीयता पूर्णरूपमा कार्यान्वयन हुन थालेपछि नयाँ खेलकुद नीति ल्याइएको हो । २०७९ सालदेखि खेलकुद नीति तयारी गरिएको थियो । मन्त्रायका सचिव डा. हरिप्रसाद लम्सालले एक समिति गठन गरेर नीति तयार पारिएको स्पष्ट पार्नुभयो । उहाँले यो नीतिअनुरूप केही पूर्वाधारहरू मात्र बनाउन सके मात्र यसको कार्यान्वयनमा सकारात्मक पक्ष बन्ने आशा व्यक्त गर्नुभयो । सचिव लम्सालले यो नीति सरकारको भिजन पेपर रहेको र यसको कार्यान्वयनमा लगेर बजेट खर्चिएपछि मात्र नतिजा आउने धारणा राख्नुभयो ।