१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निजामति विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्ति बाहेक भन्ने शब्द परेपछि खैलाबैला, सच्याएर राष्ट्रिय सभा पठाइँदै

निजामति विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्ति बाहेक भन्ने शब्द परेपछि खैलाबैला, सच्याएर राष्ट्रिय सभा पठाइँदै
अ अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामति कर्मचारी विधेयकबाट कुलिङ पिरियड कुनैपनि हालतमा नहट्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभाबाट आईतवार बहुमतले पारित भएको निजामति कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरु बसेर स्पष्ट गरिएको बताउनु भयो ।

कुनैपनि निजामति कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान नपाउन स्पष्ट व्यवस्था गरिएको बताउनु भयो । संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द रहेको भन्दै त्यसलाई सच्याएर राष्ट्रिय सभामा पठाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजो संसदबाट बहुमतले र समितिले सर्वसम्मत गरेको निर्णयमा केही कन्फ्युजन भएको भन्ने कुरा आयो । हामीले समितिका सबै साथीहरु बसेर स्पष्ट भएर कुनैपनि निजामति कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान पाउने छैन । संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द छ । बाहेक भन्ने शब्द सच्याएर राष्ट्रिय सभाले पठाउने भन्ने सहमति भएको छ । कुलिङ पिरियड कुनै हालतमा हट्दैन । हट्न दिइँदैन ।’

समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको थियो । सोही क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले समितिले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियड राख्न धेरै संघर्ष गर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियडको बारेमा यति धेरै लड्न प¥यो की लगातार पहिला त कार्यसूचिमै चढाउनकै लागि दर्जन पटक कुरा उठाइयो । संसदमा बोलेँ, प्रमुख सचेतकका रुपमा बोलियो ।’

उहाँले समितिबाट पास गरिएको विधेयक नै संसदबाट पनि पारित भएको आफूहरुको विश्वास रहेको बताउनु भयो । उहाँले भन्ने एकथोक तर लेख्ने बेलामा कमा र र छुटाउने गरेको भन्दै यसमा आफूहरु सजग रहेको बताउनु भयो ।