१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आफ्नो क्षेत्रमा दुई–चार करोड बजेट लैजाने कार्यमा मात्र सांसदको भुमिका सिमति हुनु हुँदैनः अध्यक्ष दाहाल

आफ्नो क्षेत्रमा दुई–चार करोड बजेट लैजाने कार्यमा मात्र सांसदको भुमिका सिमति हुनु हुँदैनः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउने विषयमा सांसदहरू र सरकार दुवै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ ।

संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले संसदमा सांसदहरुले नागरिकका समस्या उठाएपछि मन्त्रीहरुले जवाफ दिने तर कार्यान्वयन नहुने प्रवृत्तिले संसदको प्रभावकारीतामिाथि प्रश्न उठिरहेको बताउनु भयो । अध्यक्ष दाहालले सांसदहरूलाई जनताको प्रतिनिधिका रूपमा बजेट आफ्ना निर्वाचन क्षेत्रमा लैजाने मात्र नभई नीतिगत बहस र कार्यान्वयनमा सक्रिय भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनु भयो । जनतासँग गरेका वाचा, वर्तमान राजनीतिक परिस्थिति, देशको अर्थतन्त्र र जनजीविकाको सवालमा गम्भीर भएर सबैले आफ्नो भुमिका खोज्न सकेमात्र संसदको प्रभावकारीता बढाउन सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संसदमा माननीय सदस्यहरुले उठाएका जनताका समस्याहरुलाई समयमै सम्बोधन गर्ने र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भिर हुन आवश्यक छ । सांसदले संसदमा समस्या उठाएपछि सम्बन्धित मन्त्रीले उत्तर दिने तर कार्यान्वयनमा ढिलासुस्ति र उदासिनता देखिने विषय विगतदेखि नै समस्या बनेको हामी सबैले महशुस गरेका छौँ । यसमा सबैको ध्यान जान उत्तिकै जरुरी छ । संसदलाई थप प्रभावकारी बनाउन सांसदहरुको भूमिका के हुन्छ ? हामीले जनतासँग गरेका वाचा नेपालको वर्तमान राजनीतिक परिस्थिति, देशको सिंगो अर्थतन्त्रलाई कसरी अगाडि बढाउने र नेपाली जनताको जिविकाको सवालमा हामी कति गम्भिर र संवेदनशील छौँ भन्ने सवाल जोडेर आफ्नो भुमिका खोज्यौँ भने ठिक निष्कर्षमा पुगिन्छ भन्ने मलाई लाग्छ । होइन भने जनताको बीचमा गएर भाषण गर्ने, आफ्नो क्षेत्रमा दुईचार करोड बजेट लैजानेमा नै हाम्रो भूमिका सिमित रह्यो भने वास्तविक सांसदको भूमिकामा असफल हुनेछौँ ।’

अध्यक्ष दाहालले संसदप्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैले गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।