१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन गृहमन्त्री खाँडको अर्थमन्त्रालयसँग पहल

मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन गृहमन्त्री खाँडको अर्थमन्त्रालयसँग पहल
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनु भएको छ । 

गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताउनु भएको हो । उहाँले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताउनु भयो । उहाँले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताउनु भयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ।  राम्रो प्रश्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुपर्‍यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरुले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थमन्त्रालय यसमा उदार बनिदिनुहोस् ।’

गृहमन्त्री खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताउनु भयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, ‘हामीले गरेका निर्णयहरुमा तपाईहरुले सल्लाह दिने, सुझाव दिने दायित्व तपाईहरुको नै हो । तपाईहरुको सल्लाह, सुझावलाई गृहमन्त्रालय स्वागतको रुपमा लिन्छ । गृहमन्त्रालयमा रहेका सबै कर्मचारी संगठनप्रति हाम्रो सद्भाव छ । गृहमन्त्रालय सबैको साझा मन्त्रालय हो । कतिपय संगठनका साथीहरुसँग हाम्रो वैचाकिर निकटता पनि होला । कतिपयसँग सामाजिक सम्बन्ध बढ्ता होला । संवेदनशील रुपमा पनि होला । तथापी राज्य, सरकार, मन्त्रालय सबैको साझा हो । त्यही रुपमा नै आफूलाई अघि लैजानुपर्छ । मेरो आग्रह के छ भने कतिपय यस्ता संस्थाहरु छन्, सद्भाव सबैका लागि हुनुपर्दछ भन्ने मेरो आग्रह छ । कर्मचारी संगठन युनियन पनि कमन युनियन जस्तै हो । सबैको साझा युनियन हो । सरकारले सुविधा दिएन, सरकार जनताप्रति उत्तरदायी हुन सकेन भने त्यसमा तपाईहरुले सरकारलाई घच्घच्याउने कतिपय सन्दर्भमा माग राख्ने, कतिपय सन्दर्भमा सरकारलाई दबाव पनि दिने,तपाईहरुको दायित्व हो । यदि सरकारले कुनै निर्णय ग¥यो भने सबै काम सेवाका लागि हुने हो । त्यसका लागि सामूहिक भुमिका तपाईहरुले निर्वाह गर्नुपर्छ ।’

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।