२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उहाँले बताउनुभयो ।

धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन् । त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ । सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ ।

वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन् । नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन् ।

भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन् । सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन् ।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहँुदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताउनुभयो । “समयमै रासायनिक मल पायौँ,” उहाँले भन्नुभयो, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ ।”

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उहाँको भनाइ छ । धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन् । किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर ९हाइब्रिड० जातका धान बढी रोप्ने गरेका छन् ।