११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक हुन्छः प्रश्तावित न्यायाधीश थापा

शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक हुन्छः प्रश्तावित न्यायाधीश थापा
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताउनुभएको छ ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त भएको बताउनु भयो ।  न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएको बताउनु भयो । राज्यका यि अंगहरुले एकले अर्कालाई हस्तक्षेप गर्न नपाइने बताउनु भयो । तर हस्तक्षेप गर्न नपाइने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त अपनाउनुपर्ने बताउनु भयो । राज्यका यि तीन वटै अंगहरुको संविधान, ऐन, कानूनले सीमा कोरिदिएको बताउँदै आफ्नो दायराभित्र रहेर सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भयो । ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह भएको बताउनु भयो । आफ्नो सबैभन्दा बढी जोड मुद्दा फस्र्यौट नै हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु पनि हो । कार्ययोजना लागू गरेका छौँ । कार्ययोजना बनाउने मात्रै हो, त्यसको लागू हुँदैन । के हो यो भन्ने प्रश्न छ । त्यसमा हामीले ०६१ सालबाट त्यसै कार्ययोजना बनाएको होइन । फरक मुद्दा व्यवस्थापन पद्धति हामीले लागू गरेका छौँ । त्यो सर्वोच्चमा छैन । जिल्ला र उच्चमा लागू गरेका छौँ । त्यसले ठूलो उपलब्धि हाँसिल गरेको छ । न्यायाधीशमा नियुक्ति भएर गएँ भने मेरो प्रथम दायित्व मुद्दा फस्र्यौट नै हुन्छ । यसलाई कसरी शिघ्रता ल्याउने भन्नेमा नै हुन्छ । धेरै कानून व्यवसायी राखेर दिनभरी लम्बेतान बहस सुन्ने होइन, लेट लयर्सको कन्सेप्ट ल्याउनुपर्छ । ढिलो न्याय हुनु नै हुँदैन । यसमा म चिन्तित छु । मुद्दा दर्ताको रेस्यु भन्दा फस्र्यौटको रेस्यु बढी छ । यो सकारात्मक छ । शक्ति पृथकीकरणको सिद्धान्त छ । लोतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त हो । न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका यि देशका महत्वपूर्ण अंगलाई संविधानले नै सीमारेखा कोरिदिएको छ । एकले अर्कालाई हस्तक्षेप गर्न पाइँदैन । तर कहिले कहीँ एक अर्कालाई हस्तक्षेप गर्न पाइँदैन भन्ने नाममा स्वेच्छाचारिता हुन गयो भने त चेक एण्ड ब्यालेन्सको सिद्धान्त पनि सँगै छ । संविधान भन्दा माथि कोही हुँदैन । संविधान, ऐन, कानूनले सीमा कोरिदिएको छ । आफ्नो दायराभित्र रहेर सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । ’

प्रश्तावित न्यायाधीश थापाले गरिबीको कारणबाट कोही पनि न्यायबाट वञ्चित हुन नपर्ने बताउनु भयो । अदालत विकास विरोधी नहुने र हुन नसक्ने जिकिर गर्नुभयो ।