११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र रहेको तर त्यसका लागि सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी रहेको बताउनु भयो । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको बताउनु भयो । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शैािक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी भएको बताउनु भयो । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग विश्वास व्यक्त गर्नुभयो । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने बताउनु भयो । व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै युवाका आवाजलाई नीति निर्माणमा समावेश  गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान परिप्रेक्ष्यमा युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन । जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक छ । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र होइन, सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी छ । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्छ ।’

‘युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी छ । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शैािक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी हो । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग पुग्नेछ । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न हुँदैन । व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्छ । युवाका आवाजलाई नीति निर्माणमा समावेश  गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी छ ।’

उपराष्ट्रपति यादवले मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय शुरु गर्नका लागि उत्प्रेरित गर्न जरुरी रहेको बताउनु भयो । नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।