• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित



जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, 'बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ।'

अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ, मुहारीले भने । उद्धारकर्ताहरूले तीनवटा डुङ्गा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ । (रासस-सिन्ह्वा)