५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको उच्च पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । शनिवार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा हुन नसकेकाले आफूले राजनीतिमा पुनः अग्रसर हुनुपर्ने देखेको र त्यही लक्ष्य पूरा गर्न नेकपा एमालेको सदस्यता नविकरण गरेको घोषणा गर्नुभएको थियो । सोही बारेमा सञ्चारकर्मीको प्रश्नमा प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताउनु भयो । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुका बीचमा एकता हुनुपर्छ । सबै बलियो हुनुपर्छ । एकतावद्ध हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा त छँदैछ । हिजो एउटा कार्यक्रममा पूर्वराष्ट्रपति सम्माननीयज्युले जसरी विषयवस्त राख्नुभएको छ त्यसले वाम एकता भइहाल्छ भन्नेकुरा मलाई लागिरहेको छैन । सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो । संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’

उहाँले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुनासाथ कम्युनिष्टहरुको बीचमा वाम एकता भइहाल्ने भन्नेकुरामा आफू विश्वस्त नरहेको बताउनु भयो ।