१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमिरे टुर ट्राभल्सको निष्पक्ष छानविन माग गर्दा तर्सिनुले ‘दालमा कुच काला है’: रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति रामहरि खतिवडाले अवैधानिक काम काम गरेर पार्टी किन्ने र सांसद भइ सरकार र संसदलाई थर्काउने कुरा गलत भएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

शनिवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं रुपैयाँ ठगेको आरोप लगाउनुभएको थियो । साथै, अनियमितता गरेर सांसद बनेर संसदमा आइ थर्काउने काम गरेको आरोप लगाउनु भयो । जसको जवाफमा आईतवारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेश गर्न चुनौति दिनुभयो । सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘उहाँका श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत छ । यो गलत कामको छानविन हुनुपर्छ भन्दा उहाँहरु आत्तिनुभएको छ । सरकारले छानविनको प्रक्रिया अघि बढाउनुपर्छ । सुमेरि ट्राभल्समा उहाँहरुले गरेका गतिविधि के छन्, निष्पक्ष छानविन होस् । छानविन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुच काला है ।’

उहाँले निष्पक्ष छानविन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुच कालो रहेको स्पष्ट हुने बताउनु भयो ।