१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले केन्द्रिय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने



अ+ अ-

सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रिय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । काँग्रेसको केन्द्रिय समितिको बैठक सोमवारदेखि शुरु हुँदैछ ।

केन्द्रिय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यस्तै केन्द्रिय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताउनु भयो । उहाँले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताउनु भयो । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने बताउनु भयो । साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।

उहाँले भन्नुभयो, ‘भोलिदेखि हुने हाम्रो केन्द्रिय समितिको बैठक छ । केही दिन चल्छ । केही समयपछिको ग्याप पछि केन्द्रिय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ । विदेशमा जनसम्पर्क समिति छ । त्यसबारेमा पनि छलफल हुनेछ । त्यहाँको संरचना मजबुत गर्ने र त्यहाँ कसरी हाम्रा कुरा लैजाने भन्नेबारेमा छलफल हुन्छ । प्रदेश र केन्द्रको बजेट भर्खर आएको छ । हाम्रो पार्टीबाट प्रदेशमा रहेका मुख्यमन्त्रीलाई बोलाएर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यताको बारेमा के भयो त्यसमा पनि छलफल हुनेछ । संगठनात्मक कार्यक्रम सय दिने अभियान थियो । त्यसको बारेमा पनि छलफल हुन्छ । सरकार कसरी चलिरहेको छ, प्रदेश केन्द्र त्यसबारेमा पनि छलफल हुन्छ ।’

प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताउनु भयो । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी गर्नुभयो ।