२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखाका वार्षिक प्रतिवेदनमाथि कार्यतालिका बनाएर समितिमा छलफल चलाउँछुः सभापति पोखरेल



अ+ अ-

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखाका वार्षिक प्रतिवेदनमाथि आगामी दिनमा कार्यतालिका नै बनाएर समितिमा छलफल चलाउने बताउनुभएको छ ।

महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव कार्यक्रमललाई सम्बोधन गर्दै उहाँले विगतका केही वार्षिक प्रतिवेदनमाथि लेखासमीतिमाथि छलफल हुन ढिलाइ हुँदा एकातर्फ सोको सान्दर्भिकता नै हराएको र अर्कोतर्फ एउटै कार्यका लागि धेरै पक्षको समय, मेहनत खेर गइरहेको बताउनु भयो ।

उहाँकाअनुसार वार्षिक प्रतिवेदनमाथि समयमै छलफल नहुँदा समान प्रकृतिका विषय उठान भइरहनुका साथै त्यस्ता विषयप्रति सम्बन्धित पदाधिकारी तथा कर्मचारीले चासो नदिने प्रवृत्ति समेत बढेको छ । यसका लागि समितिले आगामी दिनमा  कार्यतालिका नै तयार गरी छलफललाई व्यवस्थीत बनाउने र नियमित गर्ने उहाँले बताउनु भयो ।  सभापति पोखरेलले भन्नुभयो–‘लेखा समितिको प्रयासले मात्रै बेरुजु फछ्यौट नहुने हुँदा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनको मर्मअनुसार सोही वर्ष भित्र नै बेरुजु फछ्यौट टुग्याउने गरी निकाय तथा कार्यालयहरुल समेत कार्यसम्पादन गर्नुपर्दछ ।’

लेखा परीक्षणमा संलग्नहरुको इमानदारीता र नैतिकताले उच्च महत्व राख्ने बताउँदै पोखरेलले लेखा परीक्षणको गुणस्तरमा सुधार गर्न लेखा परीक्षकहरुले आफ्नो स्वतन्त्रता, निष्ठा, विश्वसनियता, व्यवसायीकता र मुल्यमान्यतामा आँच आउन दिन नहुने बताउनु भयो । उहाँकाअनुसार लेखा परीक्षकहरुले सार्वजनिक प्रशासनमा रहेको विकृति, समास्याहरु हटाउन कार्यान्वयन योग्य सुझावहरु दिनुपर्छ । ले

खा समिति र महालेखा परिक्षक कार्यालयको कार्यसम्पादनमा सहकार्यता हुँदै आएको बताउँदे उहाँले लेखा परीक्षणलाई गुणस्तरीय बनाई यसको प्रभाव अभिवृद्धि गर्न आगामी दिनमा लाग्नुपर्ने बताउनु भयो ।