५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानलाई काँग्रेस सांसदको सुझावः कार्यवाहक प्रधानमन्त्री भएको बेलामा शहरी विकास मन्त्रालयको नाम फेर्नुस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह अहिले कार्यवाहक प्रधानमन्त्री रहेकाले यही बेलामा मन्त्रीपरिषद् बैठक बोलाइ नाम परिवर्तन गर्न उहाँको सुझाव छ । उहाँले राजश्व चुहावटमा कडा ढंगले प्रश्तुत हुनुपर्ने बताउनु भयो । वनलाई नोक्शान पु¥याइरहेका रुख कटान गरी  उपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन की । तसर्थ ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ । अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीज्यु अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरु भएको छ त्यो सजिलो हुन्छ की ? भन्ने मलाई लागेको थियो ।’

सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताउनु भयो ।