११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

समयमा मुद्दा फैसला मुख्य प्राथमिकता होः प्रश्तावित न्यायाधीश पौडेल

समयमा मुद्दा फैसला मुख्य प्राथमिकता होः प्रश्तावित न्यायाधीश पौडेल
अ अ+ अ-

सर्वोच्च अदालतमा न्यायाधीशमा प्रश्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरामा जोड दिने बताउनु भयो ।

इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतमा रहने बताउनु भयो । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने बताउनु भयो । उहाँले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताउनु भयो । न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फरक मुद्दा व्यवस्थापन कार्य छ । फरक मुद्दा व्यवस्थापन भनेको न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने, यसलाई थप पूर्वाधार चाहिन्छ, यो आइटीबेस छ । आवश्यक पूर्वाधार छैन । सफ्टवेयर नभएका कुराहरु छन् । तर यसलाई सर्वोच्च अदालतमा पनि लागू गर्न जरुरी छ । यसलाई विस्तार गर्नसके न्यायपालिकाप्रति जुन अनास्था छ, जुन मुद्दा ढिलो भयो भन्ने, पूर्वानुमान योग्य बनाउन यसले धेरै काम गर्दछ । त्यसको लागि म प्रयत्नशिल रहनेछु । इजलासको बहसको समय व्यवस्थापन मेरो प्राथमिकतामा रहनेछ । मुद्दाको परिस्थितिअनुसार मुद्दामा बहसको समय व्यवस्थापन गर्न, अनावश्यक पेशी स्थगितलाई निरुत्साहित गर्न, इजलासले सयम व्यवस्थापन गर्न, जटिल मुद्दामा बहसको माग गर्न बार एशोसिएशन लगायतका नियकासँग नियमित छलफल गर्न समय व्यवस्थापन गर्न म पहल गर्नेछु ।’

प्रश्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फछ्र्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताउनु भयो । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने बताउनु भयो ।