२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे



अ+ अ-

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ ।

संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताउनु भयो । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको बताउनु भयो । उहाँले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताउनु भयो । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भयो । एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ । २० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ । यसलाई कसरी छिटो छरितो गर्ने । जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ । तर सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ । सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ ? त्यसलाई कसरी हटाउने ? शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ । एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ ।’

प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरुको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताउनु भयो ।