१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासमा रोपाइँ-फोटो फिचर



अ+ अ-

काठमाडौ । असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी हुनुभएको थियो । यस्तै, नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि रोपाइँमा सहभागी थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने जोड दिनुभयो । उहाँले कृषिलगायत सबैखाले श्रमको सम्मानको साथ संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।

यस्तै, शीतल निवासमा दही चिउरा खाने कार्यक्रम पनि आयोजना छ ।