३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई बलियो बनाउने गरी काम गर्न उपाध्यक्ष पौडेलको निर्देशन



अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिनुभएको छ ।

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उहाँले आग्रह गर्नुभयो । नेकपा९एमाले०को रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममलाई आज भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले पत्याएको शक्ति भएकाले जस्तो सुकै परिस्थितिमा पनि काम गर्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । 

“हामीले सरकारमा रहँदा नीति, विचार, कार्यक्रम र बजेटका दृष्टिकोणले जनताको विश्वास जित्ने गरी काम गरेका छौँ, सबै मिलेर यसलाई अझै शक्तिशाली बनाउनुपर्छ”, उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाँले चरणबद्ध रुपमा निर्वाचन सुरु हुने भएकाले अधिवेशन लगत्तै त्यसको तयारीमा लाग्न आवश्यक रहेको बताउनभयो ।  

केन्द्र स्थानीय र प्रदेश तहमा जित हासिल गरेर एमालेको नेतृत्वमा सरकार बनाउने गरी सक्रिय भएर जनताका बीचमा जान उहाँले जिल्ला नेता र कार्यकर्तालाई आग्रह गर्नुभयो । “हाम्रा नीति, विचारलाई कार्यान्वयन गरेर आगामी निर्वाचनमा जित हासिल गर्ने हिसाबले लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल बिश्वकर्माले पार्टी नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेकाले यसलाई तोडेर जोगाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी बलियो हुन असल नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । दुई दिनसम्म चल्ने अधिवेशनमा सहमतिमै नयाँ नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।