१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीलाई बलियो बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्छ’



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई बलियोे बनाउन सबै नेताकार्यकर्ताबीच समन्वय आवश्यक रहेकामा जोड दिनुभएको छ ।

कांग्रेस काठमाडौँ महानगरपालिका–१० द्वारा आज यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा सिंहले भ्रातृ सङ्गठन, कांग्रेस पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएकामा पार्टी बलियो हुने भएकाले समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कांग्रेस जनताको परीक्षामा पास भइसकेकाले अबको मार्ग जनहितका विकास, निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

“कांग्रेस, पार्टीका भ्रातृ सङ्गठन तथा पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएमा जनताको विश्वास अझ बढ्दै जाने भएकाले हामी सहकार्य र समन्वयका माध्यमबाट बलियो बन्दै जनताका पक्षमा काम गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “हामी पटकपटक जनता माझमा गएर परीक्षामा पास भएर आएका छौँ ।”

उहाँले मुलुकको समसामयिक परिस्थितिलाई बुझेर समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने भन्दै २००३ सालमा स्थापना भएको कांग्रेसले हालसम्म परिवर्तन ल्याएर मुलुकमा गणतन्त्र स्थापना गरेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले वर्तमान एमाले र कांग्रेसको गठबन्धनबाट बनेको सरकार गठन हुँदाको सहमतिअनुसार अघि बढिरहेको बताउँदै यो सहमति नयाँ राजनीतिक दलहरूका कारण नटुट्ने उल्लेख गर्नुभयो । “नयाँ पार्टीले जे भन्यो त्यो मान्दै जान सकिँदैन । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर कुनै पनि आन्दोलनमा सहभागी नभएका दलबाट आशा गर्नु तर्कसङ्गत हुँदैन”, उहाँले भन्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री सिंहले जनताको अधिकारका लागि प्रतिकूल अवस्थामा सङ्घर्ष गरेका पार्टीहरूलाई कसैले पनि नजरअन्दाज गर्न नहुने धारणा राख्नुभयो । सबैको विचार र धारणा सुन्नुपर्ने भन्दै उहाँले जनतालाई हित हुने तथा उहाँहरूले चाहेका उपलब्धि प्राप्त गर्न काम गर्दा मुलुक, जनता र सरकारलाई दीर्घकालीन र सकारात्मक फाइदा हुने भएकाले यसतर्फ सबै लाग्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो । रासस