२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र सम्भावनालाई उजागर गराउन सरोकार भएका सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “काँक्रेविहारलाई पर्यटकीय रूपमा लुम्बिनी प्रदेशसँग जोड्न सके यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बन्न सक्छ ।” यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेकाले यसको प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन हुने उहाँको भनाइ छ ।

काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न चरणबद्ध योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा सम्भावना खोल्दै जाने विश्वास व्यक्त गर्नुभयो । “पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना जरुरी छ”, उहाँले भन्नुभयो, “हामीले विकासको कुरा मात्र नगरी सम्भावना बोकेका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सबै मिलेर प्रभावकारी पहल गर्न जरुरी छ ।”

तीनै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट काँक्रेविहारको पहिचान विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो ।

उहाँले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा सहभागी भई उद्यमशीलताको अवसर खोज्न स्थानीय युवालाई आह्वान गर्नुभयो । कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति थियो । रासस