१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताउनु भएको छ ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुग्नुभएका कृषिमन्त्री अधिकारीले यस्तो बताउनु भएको हो ।

उहाँले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि किसानहरुले समेत सहयोग गर्न जरुरी रहेको बताउनु भयो । उहाँले किसानले उत्पादन बढाउन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिो बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आँपका विरुवाहरुको अनुसन्धान गरेर कहाँ कस्तो आपँ फल्छ भनेर व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यसँग हुन्छ । तर त्यसको व्यवस्थापनमा किसानहरुले पनि चासो राखिदिनुभयो भने आँपको विकासका लागि हामी बाहिर जानुपर्दैन । त्यसो गर्न सकियो भने बाहिरबाट आँप मगाएर खानुपर्छ भन्ने मान्यता मैले आजको मेलाबाट अनुभव गरे । आँपको मूल्यको कुरा समयमा पनि भर पर्छ । आँपमा मूल्य पाइन भन्ने गुनासो छैन होला सायद । हामीले उत्पादन राम्रो गर्न सक्नुपर्यो । आपँको उत्पादनमा वृद्धि गरी आयात कम गर्नको लागि प्रयत्न भइरहेको छ ।’

नेपालमा बढ्दो आँपको मागलाई ध्यानमा राख्दै सरकार आँपको उत्पादनमा वृद्धि गर्न दीर्घकालीन योजना बनाइरहेको समेत उहाँको भनाइ छ । सो अवसरमा बोल्दै एसिमोडकी मूल्य परिवर्तन विशेषज्ञ अनु जोशी श्रेष्ठले विगत केही वर्षदेखि मधेस प्रदेशलाई आँपको सुपरजोनको रुपमा विकास गर्नको लागि आफूहरु लागिपरेको बताउनु भयो । मधेस प्रदेशमा आँपको ठुलो सम्भावना भएको भएपनि सरकारले चासो नदिएको कारण समस्या परेको समेत उहाँको भनाइ छ । श्रेष्ठका अनुसार मधेश प्रदेशमा उत्पादित आँप बजारको समस्याका कारण नेपालीले नै खान नपाएको कारण आफूहरु जागृत भएको बताउनु भयो ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।