११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

निर्णय भइसकेका विषयमा मन्त्री फेरिएसँगै छलफल गर्नुको औचित्य छैनः सांसद भण्डारी

निर्णय भइसकेका विषयमा मन्त्री फेरिएसँगै छलफल गर्नुको औचित्य छैनः सांसद भण्डारी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी)लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले बालविकास क्षेत्र मानव जीवनको पहिलो खुड्किलो भएको र उपसमितिले पनि टुंग्याइसकेको विषयमा छलफल आवश्यक नरहेको बताउनु भयो ।

सांसद भण्डारीले चीनको उदाहरण दिँदै आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, आगन्तुकको स्वागतदेखि विदाइसम्मका कुराहरु यसमा पर्ने भएकाले इसीडीका विषय नसमेटिनु स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले संसदको संख्या घटाउने, सल्लाहकार घटाउनेलगायतका विषयमा सहमति गर्न सकिने तर उपसमितिको निर्णय स्वागतयोग्य भएकाले कुनै छलफल नगरी पारित गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तविक रुपले विद्यार्थीमैत्री विषय टुंगिएको विषय हो । र, उपसमितिले पनि टुंग्याएको विषय हो अहिले फेरि छलफलमा किन ? यो बालविकास क्षेत्र मानव जीवनको सबैभन्दा सुरुको स्टेप हो । यसले हाम्रा बच्चाहरु होस्टलमा बस्दा, बच्चाहरु बोइलर कुखुरा जस्ता भए । बाउआमाको कुरा पनि सुन्दैनन् यसलाई नयाँ तरिकाले लैजाउ, यसले बच्चाको आत्मविश्वास पनि बढाउँछ । तसर्थ, हामीले यो क्षेत्रलाई ध्यान दिनुपर्छ । बाउआमाको ठ्याक्कै चरित्र, शिक्षिकाहरुको क्यारेक्टर सिक्ने स्टेप पनि हो । आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, कसरी स्वागत गर्ने, कसरी विदाइ गर्ने सबै कुरा यसमा पर्छ । यसको सबैभन्दा ठूलो नमूना चीन हो जसलाई यी कुरा बाल शिक्षामै राखिएको छ । यसलाई हामीले विद्यालय शिक्षा भन्दा बाहिर राख्नु हुँदैन । तीनै तहको सरकार मिलेर यसलाई तीन वर्ष गरौं भनिएको छ ।’

‘यसलाई बाहिर राखेर के बनाउँछौं भन्नु आवश्यक छैन । सबैभन्दा पहिलो पाइला यही हो यसलाई महत्व दिनुपर्छ । यसले बच्चाहरुलाई मेरो देश, मेरो समाज, मेरो संस्कार सिक्छन् । जुन इन्जेक्सन लगाउने कुरा हो त्यसैले म यसमा पटक्कै सहमत छैन । सरकारले राखेको अनावश्यक सल्लाहकार कटौती गरोस् । आपूmलाई सुविधा पनि चाहिने, महंगा गाडीहरुमा कटौती गरोस् न । यीनलाई नबनाई मुलुक बन्दैन, समाज रुपान्तरण हुँदैन यीनलाई नबनाइ केही हुँदैन भने यो छलफलमा पनि ल्याउने विषय होइन । यसमा कति जना मन्त्रीसँग छलफल गर्ने ? मन्त्री फेरिएसँगै छलफल गरिरहनु आवश्यकछैन । दुनियाँ कहाँ पुगिसके, अझैपनि हामी छलफल नै गरिरहने । यो हुँदैन त्यसैले उपसमितिको निर्णय स्वागतयोग्य छ यसमा कुनै छलफल नगरी पारित गर्नुपर्छ । संसद घटाउ, सल्लाहकार घटाउ सबैमा सहमत छौं तर यसमा सहमत छैनौं ।’

उहाँले उपसमितिको निर्णय सही भएको भन्दै मन्त्री फेरिएसँगै हरेकपटक छलफल गरिरहनुको कुनै औचित्य नभएको स्पष्ट पार्नुभयो ।