११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

प्रकाशमानको प्रश्नः पटक—पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

प्रकाशमानको प्रश्नः पटक—पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरुलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरुले केही गर्न नसक्ने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताउनु भयो । उनीहरुले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उहाँको भनाइ छ । काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै सन्तोषको शास फेर्न सकिने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको शास फेर्न सक्छौँ । होइन भने धेरै अफ्ठ्यारो हुन्छ । समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ । २००३ सालमा स्थापना भएको नेपाली काँग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भयो । अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली काँग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ । पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरुले मात्रै कुरा यहाँ हुने भयो भने यसरी देश कहाँ पुग्छ ? २००३ मा स्थापना भइ जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ । यसमा विचार गर्न जरुरी छ ।’

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताउनु भयो । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।