काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।











