१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित सर्वोच्चका न्यायाधीशविरुद्धका उजुरीकर्तासँग समितिले गर्यो छलफल, सुनुवाई आईतवार



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले शुक्रवार प्रश्तावित सर्वोच्च आदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको हो ।

बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रश्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाउनु भयो । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबी समेत गर्नुभयो । उहाँले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राअिधकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताउनु भयो ।

प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगानउनुभएको छ । उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘शान्तिसिंह थापाविरुद्ध मैले उजुरी हालेको छु । २०७९ तिर ममाथि किर्ते कागजको मुद्दा हाल्नु भएको थियो । उतिबेला म न्यायाधीश भुवन गिरीबाट अन्यायमा परे भनेर सर्वोच्चमा गएको बेलामा उहाँले मेरो आवाज बन्द गर्नको लागि मेरो विरुद्धमा एउटा कागज किर्ते गरेको भनेर सत्ता र शक्तिको प्रयोगको गरी मलाई २५ दिन हिरासतमा बसाउनु भयो । मैले अहिले पूर्ण रुपमा सफाई पनि पाइसकेको छु ।’

प्रश्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई÷दुई वटा उजुरी परेको थियो भने अर्का प्रश्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आईतवार सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।