२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताउनुभएको छ ।

१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गर्नुभयो । उहाँले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि रहेको बताउनु भयो ।

महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाउनुभएको बताउनु भयो । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिने बताउनु भयो । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गम भूमि मात्र होइन, उर्वरा भूमि हो भन्नेकुरा सिद्ध हुन्छ । नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि र हो । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाएका थिए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिन्छ । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध हुन् ।’

राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभइ विश्वकै सम्पती बनेको बताउनु भयो । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको बताउनु भयो । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको बताउनु भयो ।