२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

सुर्खेत । नेपाल थप एक जना कोरोना संक्रमितको  मृत्यु भएको छ । मंगलबार सुर्खेतको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारतमा उपचारत्त एक जनाको मृत्यु भएको हो । 
 
असार ४ गते प्रदेश अस्पतालमा भर्ना भएका दैलेख दुल्लु नगरपालिका(३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । 

उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।

थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।  यसबारे स्वाथ्य मन्त्रालयले आधिकारीक पमा पुष्टि गर्न बाकी रहेको छ ।