११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड

मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड
अ अ+ अ-

काठमाडौँ । जलवायुु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानी नोक्शानी घटाउने बताउनु भयो । उहाँले राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया (एसओपी) बनाएर पूर्वतयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विगतका मनसुनजन्य विपदहरुबाट पाठ सिकेर अगामी दिनमा त्यस्तो अवस्था आउन नदिन पूर्वसूचना प्रणालीको विकास गरी प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘२४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समूदायमा पुर्याउन सक्यौँ भने त्यसले ३० देखि ४० प्रतिशत हाानी नोक्सानी घटाउँछ भन्ने विश्वव्यापी अध्ययनबाट आएको हो राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया (एसओपी) बनाएर पूर्वतयारी गर्न आवश्यक छ । २० लाख जना प्रभावित हुने भनेर यसपटक भनिएको छ । दुई जना पनि नमरुन् । २० जनालाई पनि चोट नलागोस् भनेर हामीले काम गर्नुपर्छ ।’

जलवायुविद् डा. वसन्त अधिकारीले सरकारलाई विज्ञानमा आधारित विपद् पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपलाई मानवीय लापरबाहीका कारण विपद् बन्न नदिन समेत सरकारको ध्यानाकर्ष गराउनु भयो । डा. अधिकारीले मनसुनजन्य बाढी, पहिरो र डुवानसम्बन्धी तयारीबारेको छलफलमा खानी तथा भूगर्भ विभागको गैरहाजिरीप्रति पनि असन्तुष्टि जनाउनु भयो ।
उ

हाँले भन्नुभयो, ‘विपद् प्राकृतिक हुँदैन, प्रकोप प्राकृतिक हुन्छ । प्रकोपलाई विपद्मा परिणत हुन नदिनको लागि हो हामीले काम गर्ने । हामीले मनसुनजन्य विपद्बाट हुने बाढी, पहिरो र डुवानको कुरा गरिरहेका छौँ तर खानी तथा भूगर्भ विभागको उपस्थिति आज यहाँ देखिएन । अगामी दिनमा उक्त विभागलाई पनि समितिमा बोलाउन अनुरोध गर्छु । हामी अझै पनि भगवानमा विश्वास गर्छौं ? दैवले दिएको हो र प्रकृति ? हामीले प्रकृतिलाई निक्लेक्ट गर्ने ? विज्ञानलाई हामीले सम्झनु पर्दैन ? अहिले हामी विज्ञानमा आधारित विपद् पूर्वतयारीको कुरा गरिरहेका छौँ । सरकार अझै पनि दैवीमा छ । हामी त्यहाँबाट अघि जानुपर्छ ।’ 

बैठकमा बिहीवार मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग छलफल भएको छ ।