११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भयो । उहाँले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताउनु भयो । गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिनुभयो ।  विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रुपले लागिरहेको उहाँको भनाइ । गत वर्षको असोजमा काठमाडौंमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकार्नुभयो । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतको २५ वर्षमा देशको ८६ प्रतिशत घरधुरीले कुनै न कुनै विपद्को सामना गरिसकेको छ । त्यसैले विपद् हाम्रो प्रमुख समस्या हो भन्ने कुरामा कुनै दुविधा रहेन । २०७२ सालको गोर्खा भूकम्प, जाजरकोट तथा पश्चिम नेपालका भूकम्प लगायतका विभिन्न समस्याको कुरा छदैछ । यस मनसुन अवधीमा कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकीको प्रदेशको अधिक भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भनेर विभागले भनेको छ । यसले के देखाउँछ त भन्दा देशका विभिन्न भागमा वर्षा औसतभन्दा बढी हुने सम्भावना देखाएको छ । त्यसको अर्थ स्वभाविक रुपले बाढी, पहिरो र डुबानको सम्भावना बढेको छ । सडक मार्ग र ठुलो धनजनको ठुलो क्षति हुने सम्भावना पनि बढेको छ । मुलतः विपद्को विषयमा पूर्वतयारी र प्रतिकारका विषयमा सरकार गम्भिर छ । सरकार अहिले सम्भव भएसम्म विपद्को पूर्वतयारकिा लागि बसेको छ ।’

‘सुरक्षा निकायहरुले देशभरका आ–आफ्ना युनिटहरुलाई जुनसुनै बेला पनि विपद् आउनसक्ने भएको हुनाले तयारी अवस्था रहनको लागि काम गरिरहनु भएको छ । म आफैं पनि केही दिन अघि प्रहरीको हेडक्वाटरमा बसेर देशभरीका प्रहरीसँग अन्तरक्रिया र छलफल गरेर तयार रहन निर्देशन दिएको छु । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिलाई तयारी अवस्थामा रहनको लागि निर्देश जारी गरेका छौँ । छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ । सूचना प्रणाली पनि सबैभन्दा महत्वपूर्ण छ । यसले धेरै जनको क्षति घटाउन सक्छौँ । यसका लागि हामीले टेलिफोन प्रदायक कम्पनीहरुसँग कुरा गरेर सरकारका सम्बन्धीत निकायहरुले त्यो कुरा गरिरहनु भएको छ । समितिलाई मेरो अनुरोध छ सेवा प्रदायक संस्थाहरुसँग पनि यसरी नै बसेर यो कुरामा छलफल गराउनुप¥यो । सातवटै प्रदेश सरकारलाई संघीय सरकारअन्तर्गत रहेको गोदामघरहरु समेत हस्तान्तरण गरिएको छ ।’

काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताउनु भयो ।