२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः एपिएफ र जावलाखेलको बराबरी



अ+ अ-

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । तालिकामा सम्मानजनक स्थान हाँसिल गर्न जितको खोजिमा रहेका दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।

बराबरीपछि  एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा ललितपुरे टोली जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ  । जावलाखेल नवौं स्थानमा यथावत रहेको छ ।

लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ ।