२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामदेवकाे ‘कोरोनिल’ले काेराेनाका बिरामीलाई निको पार्ला ? भारतले लगायाे प्रतिबन्ध



अ+ अ-

नयाँदिल्लीः भारतीय योगगुरु रामदेवले आयुर्वेदिक औषधीले कोरोनाको उपचार गर्ने दाबी गरेपछि अहिले सर्वाधिक चर्चामा छन् । पतञ्जली योगपीठले तयार गरेकाे कोरोनिल नामक औषधी उनले मंगलबार सार्वजनिक गरेका छन् ।

भारतीय अखबार टाइम्स अफ इन्डियाकाे अनलाइन संस्करणमा रामदेवकाे भनाइ उद्धृत गर्दै कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउने कुरा लेखेकाे छ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।

रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।

रामदेवले शुभारम्भ गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ । रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ । र, यसले अन्य बिमारीबाट पनि बचाउनेछ ।

रामदेवका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा श्वासरीले फाइदा गर्छ । यसले रुघा र खोकीबाट एकैपटक लड्न मद्दत र्गछ । अणुतेललाई नाकमा हाल्नुपर्नेछ । यसले कोरोनाबाट मानिसलाई बचाउने दाबी गरिएको छ ।

तर भारत सरकारका कुनै पनि निकायले काेराेनिललाइ अचूक औषधिका रूपमा मान्यता दिइसकेका छैनन् । पछिल्लाे समय आयुर्वेदका औषधि पनि शरीरकाे प्रतिराेधी क्षमता बढाउन उपयुक्त हुने भनाइ सार्वजनिक भइरहेकाले काेराेनिल पनि त्यही समूहकाे हाे कि भन्ने शंका छ । 

भारत सरकारद्वारा प्रतिबन्ध

भारतकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले काेराेनिलकाे प्रचार प्रसार गर्न र बिक्री वितरणमा राेक लगाएकाे छ । यसकाे विश्वसनीयता परीक्षण हुन बाँकी रहेकाे भन्दै मन्त्रालयले रामदेवकाे कम्पनी पतन्जली ग्रुपलाइ काेराेनिलकाे विस्तृत विवरण मन्त्रालयमा उपलब्ध गराउन निर्देश गरेकाे छ । मन्त्रालयले याे नयाँ भाइरस रहेकाे र यसकाे औषधि एवं खाेप निर्माण गर्न विश्वभरका वैज्ञानिक लागिपरेकाले मन्त्रालय पतन्जलीकाे दाबीमा विश्वस्त हुन सकेकाे छैन ।

(अपडेट गरिएकाे समाचार)