१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासन बिग्रियोः सांसद अधिकारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताउनुभएको छ ।

बुधवार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनतामा विश्वास डग्मगाएको बताउनु भयो । भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको बताउनु भयो । संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताउनु भयो ।

सांसद अधिकारीले भन्नुभयो, ‘देशमा सुशासन बिग्रिएको छ । जनतामा विश्वास डग्मगाएको छ । प्रहरी आज, सुरक्षा निकायको आवश्यकता भातको गाँस खाँदा पनि प्रहरीको आवश्यकता छ । हाम्रो जीवन त्यस्तो भएको छ । घरमा श्रीमान श्रीमतीको झगडामा पनि प्रहरीको आवश्यकता छ । सामाजिक अवस्था यसरी विकास भएको छ । ढिलो गरी विधेयक आयो तर आएकोमा राम्रो भएको छ । अब ढिलाइ हुनु हुँदैन । हामी संघीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका छौँ । संघीयताको आधारमा नचल्ने हो भने अहिलेका बेथिति हट्दैनन् । यि बेथितिहरु सिर्जना भएको यसै कारणले हो ।’

सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताउनु भयो । जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको बताउनु भयो ।