२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताउनुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गर्नुभएको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाउनु भयो । उहाँले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्युले समितिमा आएर सधैँ भन्नुहुन्छ । तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस् । हाम्रो सभापतिज्युले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतिको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन ।’

प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाउनु भयो ।