१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल



अ+ अ-

काठमाडौं। नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताउनुभयो । महासचिव पोखरेलले  नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उहाँको भनाइ रहेको छ  । इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उहाँले बताउनुभयो ।

असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गर्दै  यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्ने बताउनुभयो । एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत बताउनुभयो ।

महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताउनुभयो । आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उहाँले आरोप लगाउनुभयो ।

उहाँले अहिले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गर्नुभयो । पोखरेलले पार्टीमा सङ्गठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सङ्गठनात्मक अराजकता र अवसरवाद प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने उहाँको भनाइ थियो ।

सङ्गठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उहाँको धारणा रहेको छ । “पार्टीमा अनुशासन कायम गर्नैपर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा युवालाई प्राथमिकतामा राखेको भन्दै मिसन–२०८४ सफल बनाउन लाग्नुपर्ने बताउनुभयो । युवा सङ्घका इन्चार्ज राजीव पहाडीले युवाका मुद्दा पहिचान गरि युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने खालका कार्यक्रममा युवा सङ्घ केन्द्रीत हुनुपर्ने बताउनुभयो । रासस