२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने सपूतहरूको योगदान बिर्सिनुहुन्नः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताउनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले देश र जनताको लागि जीवन अर्पण गर्नुभएका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा विकास योजना र कार्यक्रम गर्दै आएको बताउनु भयो । राणाहरूको जहानीय शासनको मोतीयुगिन सामन्ती पिँजडामा थुनिएका जनतालाई  स्वतन्त्र र सार्वभौम नागरिक बनाउन सङ्घर्ष गर्नुभएका विपी कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदनकुमार भण्डारी लगायतका सपूतहरूको योगदानको अतुलनीय रहेको बताउनुभयो ।

उहाँले मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान र साधना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय रहेको जिकिर गर्नुभयो । मन्त्री सिंहले यस वर्ष पनि सोनामधन्य महामानवप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको स्पष्टीकरण दिनुभयो । उहाँले महान सपूतहरूको योगदानको ऋण जनताले तिर्न नसके पनि कृतज्ञता व्यक्त गर्नसक्ने धारणा राख्नुभयो । उहाँले ती सपूतहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “राणाहरूको जहानीय शासनको मोतीयुगिन सामन्ती पिँजडामा थुनिएका नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम नागरिक बनाउने लामो सङ्घर्षमा सपूतहरू विपी कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारीहरूको योगदानको सम्बन्धमा मैले बुझाइरहनुपर्दैन । यस्तै, मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान, साधना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय छ । राणा र शाहहरूको निरङ्कुश शासन कालमा यी सोनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्रको पुनस्र्थापनापछि मात्र राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो । देश र जनताको लागि जीवन अर्पण गर्नुभएका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा केही विकास योजना कार्यक्रम गर्दै आएको छ ।  यस वर्ष पनि ती सोनामधन्य महामानवप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको हो । नागरिक भएकोमा गर्व गर्ने, रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति पक्कै द्वेष नहोला । उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न सक्छन् । उहाँहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो ।”  

उहाँले मन्त्रालयबाट कार्यक्रम प्रस्ताव गर्दा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित रहेका र स्थानीय तहहरूबाट माग भएका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताउनु भयो । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख बराबरको रहेको छ ।