१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान, कोरिया र युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमाः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरुलाइई कडाभन्दा कडा कारबाही गरिने समेत बताउनु भयो । उहाँले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी भइरहेको समेत बताउनु भयो । उहाँले अगामी जुलाई महिनादेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया शुरु हुने जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउनेगरी निर्णय भएको छ । यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिालाइएको छ । उच्च मानव अधिकार भएका मुलुकहरुमा श्रमिक पठाउनको लागि तायारी भएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको छ । यस्ता ठगेको उजुरी परेको खण्डमा नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिक र स्रोतलाई उच्चतम उपयोग गर्नेगरी पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’

उहाँले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई प्रयोग गर्ने पुनः एकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकता दिएको पनि जानकारी गराउनु भयो ।