५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले अराजकतालाई मलजल गर्नेगरी काम गरिरहेको छः सांसद गैरे



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताउनु भयो । संसद बहिष्कार गरेर गएकाहरुले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानविन समितिको बारेमा बुझ्न नसकेको जिकिर गर्नुभयो । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी रास्वपाले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ । भिजिट भिसा प्रकरणमा जुन रुपमा नेपालीहरु ठगिएको, नेपालीहरुले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पती गुमाएको भन्ने छ । कुनै दोषी व्यक्तिहरु उम्किन नपाओस् । निर्दोष व्यक्तिहरुले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस् । अहिले संसद बहिष्कार गरेर जानुभएका माननीयज्युहरुले बुझ्नुभएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानविन प्रक्रियालाई कुनै असर नपर्नेगरी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्पष्टतापूर्वक छानविन गरिरहेको छ । त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्नेकुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ । आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।’

उहाँले संसदीय गतिविधिलाई मलजल गर्नेगरी रास्वपाले काम गरेको आरोप लगाउनु भयो ।