१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता
अ अ+ अ-

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता

भैरहवा  । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । यही पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष प्रा. लिउ लिले हस्ताक्षर गर्नुभएको छ । दुई विश्वविद्यालयबीच प्राज्ञिक उन्नयन, प्रवद्र्धन र शैक्षिक क्रियाकलापमा सहकार्य रहने सम्झौतापत्रमा उल्लेख छ ।

दुई विश्वविद्यालयबीच अनुसन्धान पुस्तकहरुको भाषन्तरण योजना, शैक्षिक सेमिनार तथा गोष्ठीहरु सहकार्यमा सम्पन्न गर्ने, अनुसन्धानकर्ता र शिक्षकहरु आदानप्रदान, विद्यार्थीहरु आदान प्रदान र पाठयपुस्तकहरु आदान प्रदान गर्ने सैद्धान्तिक सहमति रहेको छ ।

पहिलो चरणमा लुम्बिनी बौद्ध विश्वविद्यालयका १२० जना विद्यार्थीले चाइनिज भाषा बृजकोर्षको छात्रबृत्ति प्राप्त गरेका छन् । यो कोर्ष गरेका विद्यार्थीहरुमध्ये केहीले बेइजिङ विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । वेइजिङ विश्वविद्यालयका अध्यक्ष लिले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्नुभयो । उहाँले यो सम्झौतापछि नेपाल चीनको आपसी मित्रता अझ प्रगाढ हुने र शैक्षिक उन्नयनमा सहकार्यमा अघि बढ्न सकिने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध दर्शनको प्रर्वद्धन, नेपाली र चिनिया संस्कृति र शिक्षाको विकासमा दुबै विश्वविद्यालयले मिलेर काम गर्ने बताउनुभयो । लुम्बिनी र नेपालको बौद्ध दर्शन प्रवद्र्धनमा चिनिया भिक्षुहरुले महत्वपूर्ण भूमिका निभाएको स्मरण गर्दै उपकुलपति बज्राचार्यले अव दुई शैक्षिक संस्थाको सहकार्यले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताउनुभयो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, प्राध्यापक डा. भिक्षु संकिच्च, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले सहभागि हुनुहुन्थ्यो ।

बौद्ध विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले विश्वविद्यालयबीचको सम्झौता पत्रमा हस्ताक्षरसंगै बौद्ध विश्वविद्यालयका विद्यार्थीले बेइजिङ विश्वविद्यालयमा भाषा अध्ययन शुरु गर्ने बताउनुभयो । पहिलो चरणमा १२० जना विद्यार्थीले सो कक्षा भर्चुअल रुपमा लिनेछन् । कार्यक्रममा उपप्राध्यापक कुमार खड्काले सहजीकरण गर्नुभएको थियो ।