५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभउको हो । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताउनु भयो । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनु भयो । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिनुभयो । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारले आफ्नो ठाउँबाट गर्ने तयारी गरिरहेको छ । हामी मनसुनको प्रारम्भमा छौँ । मनसुन शुरु भइसकेको छ । अहिले सबैभन्दा पहिला केही दिन पहिला नेपाल प्रहरीको पनि हेड क्वार्टरमा गएर, सशस्त्र प्रहरी बलको मुख्यालयमा गएर देशभर नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बल नेपालको तयारीको बारेमा हेरेका छु, छलफल गरेको छु । देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेका छौँ तत्कालका लागि । अहिले कतै विपद् आयो भने जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको छ । सात वटै प्रदेशमा ह्युमेटेरियन स्टोरेज सेन्टर भनेर गोदामहरु छन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु छन् । तर त्यो गोदामको स्थिति मैले हेर्दा कस्तो थियो भने साँचो प्राधिकरणसँग छ । प्रदेश सरकार वा सम्बन्धित प्रदेशले त्यो गोदामबाट १० ब्ल्यांकेट झिक्न प्राधिकरणलाई लेखर पत्र पठाउनुपर्ने । प्राधिकरणले चिठी पठाएमात्रै झिक्न मिल्ने अवस्था छ । सबै गोदामहरु काठमाडौंको बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।’

गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताउनु भयो । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताउनु भयो ।