१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी कोभिड संक्रमित

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी कोभिड संक्रमित
अ अ+ अ-

काठमाडौंः नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता नारायणकाजी श्रेष्ठ दुबैलाई कोरोनाभाइरस (कोभिड) संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्डकाे सचिवालय र नेता श्रेष्ठले आज बेग्लाबेग्लै ट्वीट गर्दै आफूहरु कोभिड संक्रमित भएको र स्वास्थ्यलाभ गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले गरेको ट्वीटमा भनिएको छ, अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।

सचिवालयले यो बीचमा अध्यक्ष प्रचण्डको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु अनुरोध गर्दै डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराएको छ ।

त्यस्तै नारायणकाजी श्रेष्ठले पनि सामाजिक संजाल ट्वीटर र फेसबुकमा स्टाटस लेख्दै पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएकोले आफू होम आइसोलेसनमा रहेको कम्तिमा १४ दिन आइसोलेसनमा नै रहने बताउनु भएको छ । उहाँले हालसालै आफूसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन लगत्तै माओवादी केन्द्रको सचिवालयका धेरै सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै अध्यक्ष प्रचण्ड लगायतका सबै पदाधिकारीको भेटघाट र बधाई साटासाट गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।