२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी कोभिड संक्रमित

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी कोभिड संक्रमित
अ अ+ अ-

काठमाडौंः नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता नारायणकाजी श्रेष्ठ दुबैलाई कोरोनाभाइरस (कोभिड) संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्डकाे सचिवालय र नेता श्रेष्ठले आज बेग्लाबेग्लै ट्वीट गर्दै आफूहरु कोभिड संक्रमित भएको र स्वास्थ्यलाभ गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले गरेको ट्वीटमा भनिएको छ, अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।

सचिवालयले यो बीचमा अध्यक्ष प्रचण्डको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु अनुरोध गर्दै डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराएको छ ।

त्यस्तै नारायणकाजी श्रेष्ठले पनि सामाजिक संजाल ट्वीटर र फेसबुकमा स्टाटस लेख्दै पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएकोले आफू होम आइसोलेसनमा रहेको कम्तिमा १४ दिन आइसोलेसनमा नै रहने बताउनु भएको छ । उहाँले हालसालै आफूसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन लगत्तै माओवादी केन्द्रको सचिवालयका धेरै सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै अध्यक्ष प्रचण्ड लगायतका सबै पदाधिकारीको भेटघाट र बधाई साटासाट गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।