१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव



अ+ अ-

काठमाडौँ। होटल सङ्घ नेपाल (हान)ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

हानको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो । सुझाव ग्रहण गर्दै गभर्नर डा पौडेलले सकारात्मक प्रतिक्रिया दिनुभएको हानले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस अवसरमा सङ्घका अध्यक्ष विनायक शाहले पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको बताउनुभएको थियो । उहाँले होटलको अकुपेन्सी अत्यन्तै कम हुँदा नियमित किस्ता बुझाउन समेत कठिनाइ भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको साँवा ब्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष शाहले होटललाई डलर भुक्तानीका लागि सहजीकरण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउन आवश्यक भएको बताउनुभयो । पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधानअनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर तीन सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकाले समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

सुझाव पत्रमा सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएकाले विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा पाउनुपर्ने माग गरिएको छ । साथै कर्जाको हकमा आधारदरमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्नुपर्ने समेत उल्लेख छ ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने खालका नीति जस्तै सार्क सदस्य राष्ट्र बङ्गलादेश र श्रीलङ्काबाट नेपाल भ्रमणमा अत्यधिक माग बढेको क्रममा त्यहाँबाट नेपाल आउने पर्यटकहरुले बङ्गलादेशी टाका तथा श्रीलङ्काली मुद्रामा समेत भुक्तानी गर्नसक्ने व्यवस्था गर्न आवश्यक भएको उहाँको भनाइ थियो । रासस