२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वमा जारी युद्ध रोक्न विश्वले पहल गर्नुपर्नेमा सांसद अर्यालको जोड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मध्यपूर्वमा जारी विश्वयुद्ध निम्त्याउने किसिमको गतिविधि रोक्न सबै देशहरुले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद अर्यालले इरान र इजरायलबीच भइरहेको युद्धमा अमेरिकाले आक्रमण गरेसँगै तेस्रो विश्वयुद्ध निम्त्याउने संकेत गरेको बताउनभएको हो ।  उहाँले विश्व शान्तिमा यस प्रकारका गतिविधिले अर्को खतरातर्फ संकेत गरेको भन्दै शक्ति सम्पन्न राष्ट्रहरुले विपन्न राष्ट्रहरुमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने बताउनु भयो । सांसद अर्यालले मानिसहरु सुतिरहेको अवस्थामा रातको समयमा थाहै नदिई शक्तिको दम्भले भइरहेको आक्रमणहरु निन्दनीय रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘इरानमा आक्रमण भइरहेको छ, पहिले इजरायलले र त्यसपछि अमेरिकाले आक्रमण ग¥यो । प्यालेस्टाइनमा बच्चाहरु र महिलाहरु भोकभोकै खाना खाने ठाउँमा जाँदा पनि आक्रमण भइरहेको छ । यो तेस्रो विश्व युद्ध निम्त्याउने किसिमको जुन गतिविधि भइरहेको छ यसलाई तुरुन्त रोक्न सबै देशहरुले पहल गर्नुपर्ने आवश्यकता देखेको छु । विश्व शान्तिलाई अर्को खतराहरु मडारिइरहेको अवस्था छ । यो अवस्थामा शक्ति सम्पन्न राष्ट्रहरुले विपन्न राष्ट्रहरुमाथि कुनै किसिमको बल र ध्रुबीकरणलाई छोडेर विश्व शान्तिको लागि प्रयत्नहरु होस् र अहिले तत्काल विभिन्न देशहरुमा मानिस सुतिरहेको अवस्थामा थाहै नदिई शक्तिको दम्भले आक्रमणहरु भइरहेको छ यो निन्दनीय र भत्र्सना योग्य छ ।’

उहाँले आणविक वल र ध्रुविकरणलाई छाडेर विश्व शान्तिका लागि प्रयत्न गर्नुपर्नेतर्फ संसारले सोच्नुपर्ने समय आएको बताउनु भयो ।