१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

मध्यपूर्वमा जारी युद्ध रोक्न विश्वले पहल गर्नुपर्नेमा सांसद अर्यालको जोड

मध्यपूर्वमा जारी युद्ध रोक्न विश्वले पहल गर्नुपर्नेमा सांसद अर्यालको जोड
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मध्यपूर्वमा जारी विश्वयुद्ध निम्त्याउने किसिमको गतिविधि रोक्न सबै देशहरुले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद अर्यालले इरान र इजरायलबीच भइरहेको युद्धमा अमेरिकाले आक्रमण गरेसँगै तेस्रो विश्वयुद्ध निम्त्याउने संकेत गरेको बताउनभएको हो ।  उहाँले विश्व शान्तिमा यस प्रकारका गतिविधिले अर्को खतरातर्फ संकेत गरेको भन्दै शक्ति सम्पन्न राष्ट्रहरुले विपन्न राष्ट्रहरुमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने बताउनु भयो । सांसद अर्यालले मानिसहरु सुतिरहेको अवस्थामा रातको समयमा थाहै नदिई शक्तिको दम्भले भइरहेको आक्रमणहरु निन्दनीय रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘इरानमा आक्रमण भइरहेको छ, पहिले इजरायलले र त्यसपछि अमेरिकाले आक्रमण ग¥यो । प्यालेस्टाइनमा बच्चाहरु र महिलाहरु भोकभोकै खाना खाने ठाउँमा जाँदा पनि आक्रमण भइरहेको छ । यो तेस्रो विश्व युद्ध निम्त्याउने किसिमको जुन गतिविधि भइरहेको छ यसलाई तुरुन्त रोक्न सबै देशहरुले पहल गर्नुपर्ने आवश्यकता देखेको छु । विश्व शान्तिलाई अर्को खतराहरु मडारिइरहेको अवस्था छ । यो अवस्थामा शक्ति सम्पन्न राष्ट्रहरुले विपन्न राष्ट्रहरुमाथि कुनै किसिमको बल र ध्रुबीकरणलाई छोडेर विश्व शान्तिको लागि प्रयत्नहरु होस् र अहिले तत्काल विभिन्न देशहरुमा मानिस सुतिरहेको अवस्थामा थाहै नदिई शक्तिको दम्भले आक्रमणहरु भइरहेको छ यो निन्दनीय र भत्र्सना योग्य छ ।’

उहाँले आणविक वल र ध्रुविकरणलाई छाडेर विश्व शान्तिका लागि प्रयत्न गर्नुपर्नेतर्फ संसारले सोच्नुपर्ने समय आएको बताउनु भयो ।