• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

पश्चिम नेपालमा मेघ गर्जन सहित वर्षा



काठमाडौंः सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनको मौसमी विवरण आज सार्वजनिक गर्दै महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक देखि सामान्य बदली रहेको तथा तराईका केहि भूभागमा हुस्सु, कुहिरो लागेको महाशाखाको भनाई छ ।

तीन दिनकाे माैसमी विवरण

२०७८ पौष २४ गते (शनिबार)

दिउँसो : देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य वदली रही प्रदेश न १, प्रदेश न २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 २०७८ पौष २५ गते (आइतबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  देखी पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 राती : सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ मा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन /चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 २०७८ पौष २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।