२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण



अ+ अ-

एजेन्सी । इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिन देखि लडाइँ जारी छ ।

सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानहरूले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।

सोमबार दुई देशहरू बिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहन्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पु¥याएको क्षतिको बदला लिने प्रतिवद्धता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताउनुभएको छ भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।