१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

देउवा र ओलीबीचको वार्ता सकियो, संसदको गतिरोध हटाउन प्रम देउवाको अनुरोध (भिडियो सहित)

देउवा र ओलीबीचको वार्ता सकियो, संसदको गतिरोध हटाउन प्रम देउवाको अनुरोध (भिडियो सहित)
अ अ+ अ-

काठमाडौंः  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उहाँकै निवास बालकोट पुग्नु भएको हो । करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्कुन भएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच ।’

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ । सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दिएको थियो ।

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दवाव पनि छ । तर ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ । एमालेले आफ्नो पार्टीको संसदीय दलले निश्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादनै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उहाँको निवास बालकोट पुग्नु भएको हो ।