३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डबाट ३५ जना नेपाली युवाहरूको उद्धार



अ+ अ-

काठमाडौं । भारतको उत्तराखण्डबाट ३५ जना नेपाली युवाहरूको उद्धार गरिएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार उत्तराखण्ड राज्यको काशिपुरमा विभिन्न जिल्लाबाट आएका नेपाली युवाहरूलाई बन्दी बनाएर कुटपिट र यातना दिदै बिभिन्न शिर्षकमा रकम असुल गरेको जानकारी आएपछि भारत स्थित नेपाल दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा उनिहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण र खानपानको व्यवस्था गरिएको छ। साथै, उनीहरूको कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाउने तयारी भइरहेको दूताबासले जनाएको छ ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले नेपाली नागरिकलाई विदेशमा रोजगारको क्रममा सचेत रहन र कुनै पनि अवैधानिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।