१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डबाट ३५ जना नेपाली युवाहरूको उद्धार



अ+ अ-

काठमाडौं । भारतको उत्तराखण्डबाट ३५ जना नेपाली युवाहरूको उद्धार गरिएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार उत्तराखण्ड राज्यको काशिपुरमा विभिन्न जिल्लाबाट आएका नेपाली युवाहरूलाई बन्दी बनाएर कुटपिट र यातना दिदै बिभिन्न शिर्षकमा रकम असुल गरेको जानकारी आएपछि भारत स्थित नेपाल दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा उनिहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण र खानपानको व्यवस्था गरिएको छ। साथै, उनीहरूको कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाउने तयारी भइरहेको दूताबासले जनाएको छ ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले नेपाली नागरिकलाई विदेशमा रोजगारको क्रममा सचेत रहन र कुनै पनि अवैधानिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।