२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने सरकारको घोषणा



अ+ अ-

जनकपुरधाम ।  सरकारले धनुषाको हंसपुर नगरपालिकाका  १६ वर्षीय राजु सदाको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमबार जिवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने र घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।

प्रदेश सरकारले बिहीबार मात्र सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार नपाउदा मृत्यु भएको थियो ।