१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप फ्लाइओभर वा ओभारपास बनाउने हतार नगरौँ



अ+ अ-

न्यूजपोलार ए.आई.

  • चौडा सडकले वा ‘फ्लाई ओभर’ ले निजी सवारीसाधन किन्नेहरूलाई प्रोत्साहन गर्ने विश्वव्यापी अनुभव छ ।
  • सवारीसाधनको संख्या नबढ्ने हो भने क्षमता वृद्धि गरिएको सडकले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्छ तर यो सम्भव छैन ।
  • ग्वार्को ओभरपासले अब चक्रपथ–कलंकी–कोटेश्वर जाम हुन्न भन्ने सन्देश सडक प्रयोगकर्तामा जानुहुन्न किनभने सञ्जालको क्षमता बढेको छैन ।

चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइमा रहन्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् ।

चौडा सडकले वा ‘फ्लाई ओभर’ ले निजी सवारीसाधन किन्नेहरूलाई प्रोत्साहन गर्ने विश्वव्यापी अनुभव छ । सवारीसाधनको संख्यामा दिनानुदिन वृद्धि हुने मात्र होइन सडक क्षमताभन्दा गाडीको चाप बढी हुने अवस्था सिर्जना भई ट्राफिक जामको समस्या फेरि उस्तै हुन्छ । सडकको क्षमता मात्र वृद्धि गर्ने भनेको अल्पकालीन समाधान मात्र हो ।

सवारीसाधनको संख्या नबढ्ने हो भने क्षमता वृद्धि गरिएको सडकले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्छ तर यो सम्भव छैन । गाडीको आयातमा रोक लगाउने अवस्था पनि छैन । दिन प्रतिदिन सवारीसाधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।

निजी सवारीसाधन हुने व्यक्ति कम हुन्छन् तर राजनीतिक शक्तिहरू उनीहरूकै हितमा निर्णय गर्छन् किनकि उनीहरूसँग पहुँच र प्रभाव छ । त्यसैले सडकको विकास गर्दा निजी सवारीलाई प्राथमिकतामा राखेर गरिन्छ । ग्वार्को ओभरपास पनि यसकै परिणाम हो ।

सातदोबाटो–ग्वार्को–बालकुमारी–कोटेश्वर खण्डमा अनवरत सवारी चल्नुपर्ने यो ओभरपासको उद्देश्य हो । अर्कोतर्फ मंगरबजार–ग्वार्को–लुभुतर्फ यही ओभरपासमा रहेको पुल मुनिबाट सवारी पास हुने हो । त्यस्तै चक्रपथको सर्भिस लेनबाट गुड्ने सवारीले सिधा दाहिने वा देब्रे मोडिनुपर्छ, त्यसैले त्यहाँ पालो कुर्नुपर्ने हुन्छ । यो चोकमा सवारी व्यवस्थापनका लागि यो पाटो अझ स्पष्ट हुनुपर्नेछ ।

 ग्वार्को पूर्वाधारको क्षमता वृद्धि भयो तर कलंकी–कोटेश्ववर खण्डलाई एउटा सञ्जाल मान्ने हो भने सञ्जालको क्षमतामै धेरै वृद्धि भएन । अब ग्वार्कोको जाम बालकुमारी वा सादोबाटोमा सर्ने हुन सक्छ । यो तर्फ हाम्रो ध्यान जानुपर्छ ।

नेपालमा पहिलोपटक ओभरपास वा फ्लाइओभर बनेको छ । यसले काठमाडौँको यातायात व्यवस्थापनमा केही सुधार पक्कै ल्याउँछ । अन्य प्रश्नका उत्तरहरू सञ्चालन भएपछि थाहा हुन्छ र सुधार गर्दै जानुपर्छ । बनेका पूर्वाधारलाई कसरी पूर्ण क्षमतामा प्रयोग गर्ने भन्नेतर्फ अबको छलफल र विश्लेषण केन्द्रित हुनुपर्छ ।

ग्वार्को ओभरपासले अब चक्रपथ–कलंकी–कोटेश्वर जाम हुन्न भन्ने सन्देश सडक प्रयोगकर्तामा जानुहुन्न किनभने सञ्जालको क्षमता बढेको छैन । त्यस्तै मंगलबजार–ग्वार्को–लुभुतिर जाने–आउने सवारी र चक्रपथको सर्भिसलेनका सडकहरूले पनि कुर्नुपर्ने अवस्था यथावत् रहन्छ । यस्ता सही सूचना जनतामा जाँदा पछि मानिसहरूले यो संरचनाका बारेमा नकारात्मक टिप्पणी गर्दैन्न ।

काठमाडौ उपत्यकामा थप फ्लाइओभर वा ओभारपास बनाउने योजाना हतार गरी तत्काल नगरौ , गार्कोको अनुभव को विश्लेशण गरी मात्र आगामी योजना बनाउनु पर्छ।

गजुरेल ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ हुनुहुन्छ