२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्ताव आए सहकार्य हुनसक्छः पूर्वसहमहामन्त्री जोशी



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभएको छ । 

“चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ”, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।” कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताउनुभयो । 

तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उहाँले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकाङ्क्षा जाहेर गरेको बताउनुभयो । 

माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।
    
कांग्रेसको सङ्गठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उहाँको भनाइ थियो ।