२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ किलो सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

६१  किलो सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनी फरार रहेकी थिईन् । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

सोही मुद्दामा उनका पति तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अन्य थुनामा रहेका छन् । प्रहरीले रोक्कालाई फरार सूचीमा राखेर अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

२ साउन २०८० मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।