५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
अ+ अ-

काठमाडौँ । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

समग्रमा २१ अण्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन्। राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे । राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।

समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनले आज ५–अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।

साविक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रोतर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे। भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।

धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे। समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए । प्रोतर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।

दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २–अन्डर ७० स्कोर गरे। प्रोतर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्रबहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए। आज ५–अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे।

समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे।

तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए। तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक–एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे।

सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमा डबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।
बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।

अब शनिवार प्रो–एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेसनल र १२० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।